देश/प्रदेश
राप्ती नदीमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु
०

रुपन्देही, मंसिर १८-
बाँकेको राप्ती नदीमा डुबेर एक बालिकासहित २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडानम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।
हाल शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























