देश/प्रदेश
मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ
०

धनगढी, मंसिर १८-
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्याको आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । महेन्द्रनगरबाट मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई पक्राउ गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।
माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























