Breaking News

चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बुर्लाकोटीद्वारा पौडेललाई सहयोग गर्ने घोषणा

Banner

चितवन, असोज ३१-

चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसका बागी उम्मेदवारी दिएका राजेन्द्र प्रसाद बुर्लाकोटिले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार डा विश्वनाथ पौडेललाई जिताउन लाग्ने भन्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले आफूलाई पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले स्वतन्त्र उम्मेदवार निष्क्रिय भएको दाबी गरेका छन् । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई पौडेललाई विजयी गराउन सक्रिय हुन पनि अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>