Breaking News
उपेन्द्र यादव भन्छन्: रौतहटमा प्रभुको बदमासी, एमाले-जसपा तालमेल कार्यान्वयन हुन्छ
०

काठमाडौं, असोज २६-
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।
एमाले-जसपाले तालमेल गरे पनि कतिपय जिल्लामा एमाले पक्षकै नेताले स्वतन्त्र उम्मेदवारी दिएको अवस्थामा के गर्नुहुन्छ भन्ने प्रश्नमा यादवले तालमेल व्यवहारमै लागु गरेर देखाउने बताए ।
‘रौतहटमा उहाँ (प्रभु) ले व्यक्तिगत बदमासी गरेको देखिन्छ, त्यो एमाले पार्टीको निर्णय होइन,’ यादवले भने, ‘अन्त पनि कतै स्वतन्त्र उम्मेदवारी परेका होलान्, तर एमालेले जसपासँग तालमेल गरेका ठाउँमा हाम्रै निर्णय लागु हुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























