Breaking News

चितवन–१ मा आगामी निर्वाचनमा संघीय मन्त्रीदेखि प्रत्यक्षतर्फ पीएचडीधारी कांग्रेसका तीन नेताको आकांक्षा

Banner

चितवन, भदौं १४-

चितवन क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा संघीय संसदमा प्रत्यक्षतर्फ कांग्रेसका तीन जना पीएचडी गरेका नेताहरुले आकांक्षा देखाएका छन् ।

संघीय र प्रदेशमा आज बेलुका ५ बजेसम्म निवेदन दिनुपर्ने प्रावधान अनुसार संघीय संसदमा यो समाचार तयार पार्दासम्म १२ जना नेताहरुले आकांक्षा राखेका हुन् ।

जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, योजना आयोगकै पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा तीर्थ खनिया रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर १ मा नै सरकारका स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले पनि प्रत्यक्षमा आकांक्षा राखेका छन् भने स्थानीय नेताहरु राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाको पनि प्रत्यक्षतर्फ आकांक्षा रहेको छ ।

कांग्रेसका क्षेत्रीय सभापति किरण ओलीले आज बेलुकासम्म सबै आकांक्षीको नाम सार्वजनिक गरिने नारायणी अनलाइनलाई जानकारी दिए । उनले संघीय संसदमा प्रत्यक्ष र समानुपातिक गरेर १२ जना प्रदेशमा १८ जना आकांक्षा राखेको बताए । उनका अनुसार अझै आकांक्षीहरुको संख्या बढ्न सक्छ ।

सोही क्षेत्रमा एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र एमालेका नेता जेएन थपलियाले आकांक्षा राखेका छन् भने एकीकृत समाजवादीबाट प्रदेश मन्त्री कृष्ण खनालले आकांक्षा राखेका छन् । कुन दलबाट कसले टिकट पाउँछ अबको केही दिन कुर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>