चितवन विशेष

चितवनको भरतपुरमा खुल्यो १० करोडको लगानीमा भर्माेरा ब्राण्डको शोरुम

Banner

चितवन,भदौं ९-

चितवनको भरतपुरमा अन्तराष्ट्रिय स्तरको ‘भर्मोरा’ ब्राण्डको शोरुम सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी नवराज पोखरेल र सन्दिप अर्यालले झण्डै १० करोडको लगानीमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।

आज (बिहीबार) भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित शोरुमको एक कार्यक्रमका बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले देशभित्रै व्यवसायीक वातावरण बन्नुपर्ने भन्दै त्यसका लागि सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले पछिल्लो समय आधुनिकतासँगै घर तथा भवनहरुको सजावटमा टायल आवश्यकता बन्दै गएको बताउँदै चितवनमै ब्राण्डेड कम्पनीका टायल उपलब्ध हुन चितवनवासीका लागि गौरवको कुरा भएको बताउनुभयो ।

शोरुमका सञ्चालक नवराज पोखरेलले नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरिय टायलहरु र विद्युतिय उपकरणहरुका बारेमा जानकारी गराउनुभएको थियो । शोरुममा बाथरुम, किचन, फ्लोर, कौशी तथा कमर्सियल भवनहरुका लागि आवश्यक सबै किसिमका टायल र विद्युतिय उपकरणहरु उपलब्ध हुने सञ्चालक अर्यालले बताउनुभयो । उक्त शोरुमबाट चितवनलगायत नवलपरासी, धादिङ, गोरखा, लमजुङ, मकवानपुर जिल्लाका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>