नवलपरासी

अब सामसङ टिभी नेपालमै बन्ने, नवलपरासीमा फ्याक्ट्री शिलान्यास

Banner

नवलपरासी,भदौं ८-

अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।

तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए ।

विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>