कर्पोरेट

नारायणगढमा ज्योति इन्सुरेन्सको आधारभूत तालिम

Banner

चितवन, साउन २३-

ज्योति लाइफ इन्सुरेन्स कम्पनीले आज एक दिने अभिकर्ता आधारभूत तालिम गरेको छ ।

नरायणगढको कमलनगर स्थित शाखा कार्यालयमा सम्पन्न तालिममा १६ जना नयाँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कम्पनीका एरिया सेल्स म्यानेजर ईश्वर बिकल सापकोटाले सहभागीहरुलाई नेपालमा जीवन बीमाको इतिहास र विकासक्रमका साथै ज्योति लाइफका विशेषताहरुबारे जानकारी गराएका थिए । शाखा प्रबन्धक मुकुन्द भुसालले सहजीकरण गरेको तालिममा सञ्जय पुडासैनीले स्वागत गरेका थिए । कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाल र छोटो समयमा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी म्यानेजर दिपकराज न्यौपानेलाई सम्मान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>