अन्तर्राष्ट्रिय

इजरायल र प्यालेस्टाइनबीच सङ्घर्ष विरामको घोषणा

Banner

साउन २३-

४३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि इजरायल र प्यालेस्टाइनका विद्रेही समूहबीच सङ्घर्षविरामको घोषणा भएको छ ।

३ दिनसम्मको भीषण सङ्घर्षपछि सङ्घर्ष विरामको घोषणा गरिएको हो । ३ दिनसम्मको सङ्घर्षमा बालबालिकासहित ४३ जनाको ज्यान गएको छ भने ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।

इजिप्टको पहलमा सङ्घर्षविरामको घोषणा भएको हो । इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको विद्रोही समूह (पीआईजे) का वरिष्ठ सदस्य पक्राउ परेपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो । प्यालेस्टाइनका विद्रोही समूहले युद्वविराम आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

युद्धविराम हुनुअघि इजरायलका सेनाले गाजामा रहेको इस्लामिक जिहादलाई लक्षित गरी आक्रमण गरेको थियो । लगत्तै गाजाबाट रकेटहरू प्रहार भएका तर तिनलाई निष्क्रिय बनाइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि थप आक्रमणहरू नभएको र युद्धविरामको अवस्था रहेको बीबीसीले जनाएको छ ।

यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म सङ्घर्ष भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>