देश/प्रदेश

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

Banner

सिन्धुली, वैशाख २२-

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । गोलान्जोर गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ।

उक्त अस्पताल भवनको शिलान्यास गोलन्जोर गाउँपालिका प्रमुख शंकरराज बराल, ब्याक टु लाइफका निर्देशकद्वय डिकेन्द्र ढकाल र अच्युत प्रसाद पौडेलले संयुक्त रूपमा गरेका हुन् ।

ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल निर्माण सुरु गरिएको छ। ब्याक टु लाइफको यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैर सरकारी संस्थाका परियोजना ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको ५ सैया अस्पताल भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ।

निर्माण थालनी गरिएको अस्पताल भवनको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए । पालिका प्रमुख बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले अस्पताललाई सन्चालन गर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>