खेलकुद

एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्ः पूर्वप्रधानमन्त्री कार्की

०
Banner

काठमाडौं , कात्तिक ९ –

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले एनपीएल नेपाली क्रिकेटप्रतिको जनउत्साह, युवा खेलाडीको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिबिम्ब भएको बताएकी छन्।

गत वर्ष आफू प्रधानमन्त्री रहँदा विशिष्ट परिस्थितिबीच एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले त्यसले सुरक्षा सन्देह निवारण गर्न र समाजमा आशा एवं उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएकी छन्।

यस वर्षको एनपीएलले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै नेपालको गौरव विश्वभर फैलाउने र राष्ट्रिय आत्मविश्वास अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरेकी छन्।

उनले प्रतियोगिताका सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिँदै नेपाल सुरक्षित, सक्षम र सम्भावनायुक्त देश भएको सन्देशसमेत दिएकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>