खेलकुद

माडी डोजोमा कराँते खेलाडीहरुको ‘ग्रेडिङ’, जिसम र स्मृति उत्कृष्ट खेलाडी घोषित

Banner

चितवन, साउन २०–

चितवनको माडीमा कराते खेलाडीहरुको ग्रेडिङ गरिएको छ ।

माडी नगरपालिका–६, स्थित फुडल्याण्ड होटलको हलमा कराँतेको ग्रेडिङ गरिएको हो । ग्रेडिङमा पुरुषतर्फ जिसम महतो र महिलातर्फ स्मृति सुनार उत्कृष्ट खेलाडी घोषित भएको नेपाल सितोरियो कराँते डो संघ चितवनका सचिव चित्रबहादुर राना मगरले जानकारी दिए ।

खेलाडीहरुलाई मायाको चिनो, प्रमाण पत्र र खादाले सम्मान गरिएको थियो । नेपाल कराँते डो महासंघ, नेपाल सितोरियो कराँते डो संघ चितवनको आयोजनामा भएको ग्रेडिङमा थुप्रै खेलाडीहरुको उपस्थिति रहेको थियो ।

माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यता एवं नेपाल सितोरियो कराँते संघका वरिष्ठ प्रशिक्षक, बागमती प्रदेश कराँते प्रमुख तथा नेपाल सितोरियो कराँते संघ चितवनका अध्यक्ष गगन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगर खेलकुद प्रशिक्ष कृष्ण महतो, बालविकास इङलिस स्कूलका प्रिन्सिपल तथा इस्कोब पश्चिम चितवनका अध्यक्ष हर्कबहादुर चापागाईँ, दिव्यकालिका इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल सविन कोइराला, पूर्व खेलाडी राजन कार्कीलगायताको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>