अन्तर्राष्ट्रिय

सम्झौता उल्लंघन गरेको भन्दै इलन मस्कविरुद्ध मुद्दा दायर

Banner

काठमाडौँ, असार २९-

ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै सोसल मिडिया कम्पनी ट्विटरले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एवं विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ ।

मस्कले गत शुक्रबार ट्विटर खरिद नगर्ने बताएपछि ट्विटरले उनीविरुद्ध मुद्दा दायर गरेको कम्पनीका अध्यक्ष ब्रेट टेलरले जानकारी दिए । मस्कले गत अप्रिलमा ट्विटर खरिद गर्ने सम्झौता गरेका थिए । ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता भएको थियो ।मस्कले उक्त सम्झौता उल्लंघन गरेको र उनले ट्विटरको प्रतिसेयर ५४.२० डलरका दरले भुक्तानी गर्नुपर्ने मागदाबी गर्दै ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको हो ।

ट्विटरले स्पाम र नक्कली एकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नु परेको मस्कले बताएका छन् । गत मे महिनामा उनले फेक एकाउन्टबारे ट्वीटरसँग पूर्ण विवरण मागेको र त्यो प्राप्त भइनसकेकाले ट्वीटर किन्ने सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ बताएका थिए । उनी ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या र स्वचालित (बट) खाताको संख्याबारे विवरण चाहन्थे । कम्पनीले यसबारे जानकारी नदिएपछि सम्झौता रद्द गर्नुपरेको मस्कको भनाइ छ ।

धेरै मानिसहरूमाझ सूचना फैलाउन र अन्तरक्रियाको तरिका बदल्न (म्यानिपुलेट गर्न) स्पाम एकाउन्ट बनाउने गरिन्छ । ट्वीटरका अनुसार कम्पनीले हरेक दिन करिब १० लाख त्यस्ता खाता हटाउने गरेको छ । मस्कको विचारमा ट्वीटरमा २० प्रतिशत वा त्योभन्दा बढी स्पाम वा बट एकाउन्ट छन् ।

उनले ट्विटर किन्ने घोषणा गरेयता टेस्लाको सेयर मूल्य उल्लेख्य मात्रामा घटेको थियो । मर्जर सम्झौतामा १ अर्ब डलर ब्रेक-अप शुल्क समावेश छ । मर्जर रद्द गर्नुको बलियो कारण नेदेखिएमा उनले ब्रेक–अप शुल्क तिर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>