एथलेटिक्स

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्डः चितवनका सुजित महतोले जिते तीन स्वर्ण

Banner

चितवन, असार २६–

काठमाडौँस्थित दशरथ रंगशालामा जारी बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् ।

सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ पहिलो भइन् ।

४ सय मिटर दौडको छात्रमा चितवनका सुदिप महतो र छात्रामा काभ्रेकी देवकी गिरी, १ हजार ५ सय मिटर दौडको छात्रमा सिन्धुपाल्चोकका टीकाराम लोप्चन र छात्रामा सिन्धुपाल्चोककै अस्मिता भुजेल तथा सटपुटको छात्रमा चितवनका दीपेश महतो र छात्रामा काभ्रेकी बन्दना दनुवारले स्वर्ण जिते ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>