नवलपरासी

नवलपरासीमा भन्सार छलेर ल्याइएको १४ लाख भन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद

Banner

नवलपरासी, असार २६-

बर्दघाट नगरपालिका–४ टिसीएन चोकमा खानतलासी गर्द भन्सार छलेर ल्याइएको १४ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामत भएको छ । भन्सार छलेर ल्याइएको अवस्थामा नवलपरासी (पश्चिम) प्रहरीले १४ लाख ११ हजार १ सय ४० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तर तर्फ आउँदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध सामान भेटिएको प्रहरी प्रवक्ता डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा पनि सोही स्थानबाट फेरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>