कर्पोरेट

नारायणी डेभलपमेन्ट बैँकको चुक्ता पूँजी ५२ करोड ४९ लाख बढी पुर्‍याइँदै 

Banner

चितवन, असार ८-

पूर्वी चितवनको टाँडीमा मुख्य कार्यालय रहेको नारायणी डेभलेपमेन्ट बैँकले चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० पुर्‍याउने भएको छ ।

बैंकको आज सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर जारी गरेपश्चात बैँकको चुक्ता पूँजी बढेर ५२ करोड बढी पुर्‍याउने  निर्णय गरेको हो ।

त्यस्तै गरी सभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ । बैँकलाई मर्जर गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरु गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

बैंकका अध्यक्ष रामप्रसाद रुपाखेतीको अध्यक्षतामा बसेको सो विशेष सभाले हाल कायम रहेको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० मा १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>