नवलपरासी
अधिवक्तालाई ‘गेटआउट’ भनेपछि नवलपरासीका न्यायाधीशविरुद्ध उजुरी

नवलपरासी,असार ७-
जिल्ला अदालत नवलपरासीका न्यायाधीश अशोकुमार बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्यायपरिषद् र बार एसोसिएसनमा उजुरी गरेका छन् । सम्बन्धविच्छेद, माना चामल र अंशसम्बन्धी मुद्दाको फैसलामा चित्त नबुझेर पुनः रिट दिएका प्रतिवादीको मुद्दा प्राकृतिक न्यायको सिद्धान्तअनुरुप न्यायाधीश बस्नेतले हेर्न नमिल्ने बताउँदा आफूमाथि दुर्व्यवहार भएको अधिवक्ता शाहले उजुरीमा उल्लेख गरेका छन् ।
बस्नेतले दुर्व्यवहार गरेको भन्दै शाहले निवेदनमा उल्लेख गरेका छन्, ‘बहस गर्ने क्रममा माननीय न्यायाधीश बस्नेत झोक्किँदै तपाईं मान्छे नराम्रो हुनुहुन्छ, तपाईं मेरो इजलासबाट बाहिर निस्किनु होस्, गेटआउट भनी बहसको दौरान दुर्व्यवहार गरे ।’ त्यस्तै, न्यायाधीश बस्नेतले इजलासमा आफूलाई ‘गेट आउट १ म आफ्नो लागेको आदेश गर्छु’ भनेको अधिवक्ता शाहले बताए ।























