नवलपरासी
नवलपरासीमा बस दुर्घटना, ७ जना घाइते
०

नवलपरासी,चैत ३०-
नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन। नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्वर ९ बेलाटारीको पश्चिम गण्डक नहर सडकबाट अनियन्त्रित भएर बस पल्टिएको हो ।
त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेको लु १ ख ३०८५ नम्बरको मिनिबस सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनु भयो। घाईतेहरुको सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा उपचार भईरहेको छ । बसमा २१ जना यात्रु सवार रहेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























