अन्तर्राष्ट्रिय

‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’

Banner

किभ, १७ जेठ-
युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् ।

‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’, पूर्वी युक्रेनको स्वघोषित दोनेत्स्क जनवादी गणतन्त्रका न्यायमन्त्री युरी सिरोवात्कोको भनाई उद्धृत गर्दै आरआईए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ ।

‘यस्ता अपराधका लागि दोनेत्स्क जनगणतन्त्र (डीएनआर) मा हामीसँग ठूलो सजाय छ –त्यो हो मृत्युदण्ड’, उनले अगाडि भने । सबै युद्धबन्दीहरू डीएनआरको इलाकामा छन् । उनीहरूमध्ये अजोभस्टलमा लगभग २३ हजार सैनिकहरू थिए ।

रणनीतिक महत्वको मारिओपोलको अजोभस्टल स्टिल कारखानामा हप्तौंदेखि बन्दी बनाइएका सयौँ युक्रेनी सेनाले यसै महिना रुसी सेनासँग आत्मसमर्पण गरेका थिए ।
युक्रेनले रुसीसेनासँग बन्दी आदानप्रदान गर्न माग गरेको छ । तर, मस्कोले उनीहरूलाई मुद्दा लगाउने संकेत गरेको छ । आत्मसमर्पण गर्नेहरूमा युक्रेनको सेनामा मर्ज भएको पूर्व अर्धसैनिक युनिटका सदस्य पनि छन् । सो युनिटलाई रुसले ‘नव नाजी संगठन’ को रूपमा चित्रण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>