अन्तर्राष्ट्रिय

जम्मु कश्मिर पुलिसको मिशन २०२२ः सक्रिय उग्रवादीहरूको संख्या १०० भन्दा तल ल्याउने

Banner

कश्मिर, जेठ ८-

सुरक्षा बलहरूले आतंकवाद विरोधी अभियानलाई तिब्र पारेकाले, जम्मु र कश्मीर पुलिसले सक्रिय विद्रोहीहरूको संख्यालाई वर्षमा १०० भन्दा कममा ल्याउने लक्ष्य राखेको छ।

यस वर्षको पहिलो चार महिनामा ६४ आतंकवादी मारिएपछि कश्मीरमा सक्रिय लडाकूहरूको संख्या १५० मा झरेको छ। अप्रिलमा, जम्मू-कश्मीरमा १४ भिडन्तहरूमा २३ आतंकवादी मारिएका थिए भने मार्चमा १३, फेब्रुअरीमा सातलाई निष्प्रभावी पारिएको थियो भने जनवरीमा २१ आतंकवादीहरुको मारिएका थिए ।

कश्मीरमा विगत तीन दशकभन्दा बढीको उग्रवादमा पहिलो पटक सन् २०२१ को अन्त्यसम्ममा सक्रिय विद्रोहीको संख्या २०० भन्दा कममा झरेको थियो। प्रहरीको तथ्याङ्कअनुसार विद्रोहीद्वारा लक्षित हत्यामा पनि कमी आएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी, कश्मीर) विजय कुमारले भने कि उनीहरूले यस वर्षको अन्त्यसम्ममा उपत्यकामा आतंकवादीहरूको संख्या दोहोरो अंकमा ल्याइने लक्ष्य राखेका छन। यसका लागि निरन्तर, उच्चगति सञ्चालन र स्थानीय समर्थन आवश्यक पर्दछ , उनले बताए ।
यस वर्ष मारिएका ६४ आतङ्ककारीमध्ये २० विदेशी र ४४ स्थानीय थिए । मारिएका लडाकुहरूमध्ये ३९ जना पाकिस्तानस्थित लश्कर-ए-तैयबासँग, १७ जना जैश-ए-मोहम्मदसँग, ६ जना स्वदेशी हिज्बुल(मुजाहिद्दिन र दुई जना अल-बद्र संगठनसँग सम्बद्ध थिए।

यस वर्षको पहिलो चार महिनामा ३९ मुठभेडहरू मध्ये, २५ दक्षिण कश्मीरका अनन्तनाग, कुलगाम, शोपियान र पुलवामा जिल्लाहरूमा रिपोर्ट गरिएको थियो। दक्षिण कश्मीर अझै पनि आतंकवादको केन्द्रबिन्दु हो, पछिल्ला दिनमा श्रीनगर सहरमा आतंककारी गतिविधि बढेको भए पनि सुरक्षा दलको सक्रिय तैनाथले त्यस्ता गतिविधीहरु निस्तेज भइरहेको बिजयले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>