राजनीति

फेसबुकमा ‘मिदी’ भन्दै भिडिओ पोस्ट गर्ने किशोर पक्राउ

Banner

काठमाडौं,बैशाख २१-

केही दिनयता आफ्नो हास्य मिश्रित भनाइसहितको भिडिओबाट भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ। करिब ३० सेकेन्डको यो भिडिओका कारण चर्को आलोचना भएपछि खोजी गरिरहेको प्रहरीले ती किशोरलाई बुधबार पक्राउ गरेको हो।

ती किशोरको भिडिओ फेसबुक र टिकटकमा रातारात भाइरल भएपछि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका ४ का १६ वर्षीय नवराज रेग्मी हुन्। म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ सुट गर्दै उनले आफू मिदीमा भर्ना भइसकेकाले आफ्ना साथीहरुलाई जे जे गर्न मन लाग्छ गर्नु भनेका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>