देश/प्रदेश

नेकपाको विरासत एकीकृत समाजवादी बोकेको छ : माधव नेपाल

Banner

काठमाडौं, वैशाख १६-

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको र यसैले नेकपाको विरासत बोकेको अध्यक्ष नेपालको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी जन्मिएको बताउँदै उनले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन र क्रान्तिकारी भावनालाई जोगाउन एकीकृत समाजवादी पार्टी गठन गरिएको जिकीर गरे ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको अध्यक्ष नेपालको दाबी छ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>