Breaking News

कांग्रेसले अर्काे पार्टीको चुनाव चिन्हमा भोट किन ? चुनावपछि लेखाजोखा हुनेछ: कोइराला

Banner

काठमाडौं, वैशाख ७

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको टिकट वितरणमा कांग्रेसका शीर्ष नेता केन्द्रीय समितिको निर्णयविपरीत गएको आरोप लगाएका छन् ।

उनले यस विषयमा स्थानीय तहको निर्वाचनपछि समीक्षा हुने बताएका हुन् ।

‘हामी अहिले किन कम्युनिस्टसँग मिल्न खोजेका छौँ । केन्द्रीय समिति विपरीत शीर्ष नेताले किन निर्णय गर्दै हुनुहुन्छ ?’ उनले भने, ‘के हामी कमजोर छौँ । सुवास नेम्वाङले पनि भन्नुभयो– तपाईंहरु अहिले कहाँ हुनुहुन्छ ? हिजो बीपी, गणेशमान र किसुनजीले बनाएको पार्टीलाई के बनाउँदै हुनुहुन्छ ? के कारणले कम्युनिस्टसँग मिलेर स्थानीय तहको निर्वाचनमा जादैछौँ । अहिले पनि ३४ प्रतिशत भोट हामीसँग छ । हामीले अर्को पार्टीको चिह्नमा भोट दिनुपर्ने भयो भन्नुभयो । यो अवस्था किन आयो ? त्यसको लेखाजोखा निर्वाचनपछि गरौँला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>