देश/प्रदेश

कोरोना मत्थर हुँदै गएपछि पर्यटकको संख्या बढ्यो, तीन महिनामा करिव ७९ हजार पर्यटक नेपाल भित्रिए

Banner

काठमाडौं, चैत २०-

कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ ।

अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना ९जनवरी, फेब्रुअरी र मार्च० मा नेपालमा कूल ७८ हजार ७४७ जना पर्यटक भित्रिएका छन् ।

सोही अवधिमा नेपाल आएका ६९ हजार ३२८ जना पर्यटक स्वदेश फर्केको विभागले जनाएको छ । यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको मात्र हो ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा कूल १ लाख ४८ हजार ७५ जना पर्यटकले नेपालमा आवतजावत गरेको देखिन्छ ।

गत मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केका थिए ।

विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए । सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका थिए ।

गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए । यीमध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>