नवलपरासी

नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड

Banner

नवलपरासी,चैत ७-

पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड नै लागेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ ।

भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडी लाइनमा बसेका थिए । भर्ना हुनका लागि पुरुषसँगै महिलाहरुको सहभागिता पनि उल्लेखनीय देखिएकोछ । जिल्लामा ७ स्थानीय तह छन् ।

त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले जानकारी दिए । ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्ने छ ।

भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुने छ । छनौटपछि आधारभूत तालिम दिई निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>