अन्तर्राष्ट्रिय

मारिओपोलका हजारौं बासिन्दाहरूलाई रूसमा स्थानान्तरण गरिँदै

Banner

किभ, चैत ६ –

रुसी सेनाले मारिओपोलका हजारौं बासिन्दाहरूलाई रूसमा स्थानान्तरण गर्न बाध्य पारेको विवरण सार्वजनिक भएका छन् । सिटी काउन्सिलले एउटा विज्ञप्ति जारी गर्दै सो जानाकारी दिएको हो । एक विज्ञप्तिमा काउन्सिलले भनेको छ, ‘आक्रमणकारीहरुले मानिसहरुलाई युक्रेन छाडेर रुसी भूमि जान बाध्य पारेका छन् ।’

रुसी सेनाले गैरकानुनी ढंगले लेभोबेरेजनी जिल्लाबाट मानिसहरुलाई बाहिर निकालेर खेलकुद क्लबलगायतका स्थानमा भेला गरेको छ । निरन्तरको गोलाबारी र बम हमलाबाट बच्न १ हजार भन्दाबढी मानिस ९अधिकांश महिला र बालबालिका० क्लबमा आश्रय लिएका छन् ।

कूल ६ हजार ६२३ जनालाई विभिन्न शहरहरुबाट खाली गरिएको उपप्रधानमन्त्री इरयाना भेरिस्चुकले बताए । तीमध्ये ४ हजार १२८ जना मारिओपोलका छन्, जसलाई उत्तरपश्चिमबाट जापोरिज्जिया पठाइएको छ ।

शनिबार युक्रेनको घेराबन्दी गरिएका सहरमा रहेका १० ओटा मानवीय कोरिडोरमध्ये ८ ओटाबाट मानिसहरुको उद्धार गरिएको थियो ।

रुसी फौज मारिओपोलतर्फ अगाडि बढ्दा एउटा मुख्य स्टिल भट्टी बन्द भएको थियो । मारिओपोलको पतनले युद्ध मैदानमा रुसीका लागि एउटा महत्वपूर्ण प्रगति हुन सक्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>