कर्पोरेट

एनएमबी बैँकले ल्यायो भिडियो कलमार्फत् विदेशमा नै बसेर खाता खोल्न सकिने योजना

Banner

चितवन, चैत २-

एनएमबी बैँकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।

एनएमबी बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटलरुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैँक भएको दाबी गरिएको छ । ग्राहकले एनएमबी बैँकमा भिडियो कलमार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।

‘एनएमबी बैँकले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैँकसम्म नआइकनै बैँकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन् । हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्छ । यस बैँकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैँकको वातावरण मैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ’, बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैँकको उपाधि ‘बैँक अफ द इयर एशिया–२०२१’ अवार्डबाट सम्मानित भएको भएको बैँक हो । एनएमबी बैँकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैँकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको जनाइएको छ । एनएमबि बैँकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>