नवलपरासी

नवलपरासीमा एक युवकको शव फेला

Banner

परासी,फागुन २४-

पश्चिम नवलपरासी प्रहरीले नहरमा एक जना युवकको शव फेला परेको छ । सोमबार दिउँसो जिल्लाको प्रतापुर गाउँपालिका – ७ सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्रदेखि नजिक गण्डक नहरमा अन्दाजी २५ बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब ६ फिट उचाई भएको, निलो रंगको पाइन्ट लगाएको शवको साँझसम्म पनि पहिचान हुन सकेको छैन । उल्लेखित हुलिया भएको कसैको आफन्त हराएको भए प्रहरीमा सूचित गर्न प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले अनुरोध गरेका छन् । नहरमा डुबेको शव निकाली पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>