पर्यटक

गण्डकीका मुख्यमन्त्री मधेश प्रदेशको भ्रमणमा जाने

Banner

पोखरा, फागुन २०-

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको औपचारिक भ्रमण गर्ने भएका छन् । गत ५ असोजमा गण्डकी सरकारको निमन्त्रणमा पोखरा घुम्न आएका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा पोखरेल मधेश भ्रमणमा निस्किन लागेका हुन् । उनी शनिबार पोखराबाट जहाजमार्फत जनकपुर जाने छन् ।

मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृत गरेको छ । उनी तीन दिनसम्म मधेश प्रदेशमा रहनेछन् । ‘मधेस प्रदेशका मुख्यमन्त्री गण्डकी प्रदेशमा भ्रमण गर्न आउँदा मुख्यमन्त्रीलाई मधेस भ्रमणको निम्तो दिनुभएको थियो । निम्तो स्वीकार गरी मुख्यमन्त्रीसहितको टोली जान लागेको हो,’ सरकारका प्रवक्ता कुमार खड्काले भने ।

दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली भ्रमण जान लागेको बताइएको छ । योसँगै शनिबारदेखि नै पोखराबाट जनकपुरसम्म हवाई कनेक्सन सुरु हुनेछ ।

भ्रमणका क्रममा दुई सरकारबीच आपसी सहकार्य र पर्यटन प्रवर्द्धनका विषयमा छलफल हुने कार्यक्रम छ । मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजी बराल र पर्यटनमन्त्री मणिभद्र शर्मा, प्रमुख सचिव, पर्यटन सचिव, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार, प्रेस संयोजक, स्वकीय सचिव र सुरक्षा, नाट्टा र पर्यटन परिषद्का अध्यक्ष तथा पर्यटन बोर्डका प्रतिनिधिसहित १८ जनाको टोली जाने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बुद्ध एयरले साताको तीन दिन पोखरादेखि मधेश प्रदेशको जनकपुर उडान भर्नेछ । पोखरा(जनकपुर ५५ मिनेटको उडान हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>