पर्यटक

गत महिना रुसका १४७ सहित करिब २० हजार पर्यटक नेपाल भित्रिए

Banner

काठमाडौं, फागुन १९-

सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी) मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही महिनामा नौ हजार १४६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को पहिलो महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार दुई महिनामा कुल ३७ हजार ७४१ जना पर्यटक नेपाल आएका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन क्रमशः सुधारोन्मुख देखिए पनि उत्साहजनक तथ्यांक भने आएको छैन ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । एक महिनामा भारतबाट पाँच हजार ९९८ जना नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट तीन हजार ६१४ जना नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बेलायत रहेको छ । यो महिनामा बेलायतबाट मात्र दुई हजार २१७ जना पर्यटक नेपाल आएको देखिएको छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाबाट एक हजार ५२ जना नेपाल आएका छन् ।

युद्धमा होमिएको रुसबाट १४७ जना मात्र नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा छ । चीनले पर्यटकलाई भ्रमणमा जान खुला नगरिसकेका कारण कारण यसअवधिमा मात्र २०५ जना चिनियाँ नागरिक नेपाल आएको देखिएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारतपछि दोस्रो स्थानमा बंगलादेश रहेको छ । यहाँबाट ८८८ जना पर्यटक नेपाल आएका छन् । युरोपमा बेलायतपछि जर्मनीबाट ६४२, फ्रान्सबाट ५२९, नेदरल्याण्ड्सबाट २५२, स्पेनबाट १८०, र बेल्जियमबाट १७९ जना नेपाल आएको देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>