Breaking News

कांग्रेस चितवनमा कोइराला समूहको उम्मेदवार छान्न रस्साकस्सी, गैँडाकोटको रिसोर्टमा बैठक

Banner

चितवन, फागुन १८-

कांग्रेस चितवनको भोलिबाट सुरु हुने जिल्ला अधिवेशनको लागि साझा उम्मेदवार छनोटको लागि शेखर कोइराला समूहमा रस्साकस्सी चलिरहेको छ ।

अहिले गैँडाकोटको नारायणी रिसोर्टमा कोइराला समूहको बैठक चलिरहेको भए पनि कुनै निचोड निस्कन सकेको छैन ।  उम्मेदवार छान्नको लागि केन्द्रबाट नेता अर्जुननरसिंह केसीले पहल गरिरहेका छन् । यसअघि पनि समिकरण मिलाउन जिल्लाका पूर्वसभापतिहरु निरन्तर दौडधुपमा नै छन् ।

चितवनमा सभापति पदका लागि ६ जनाले जिल्ला नेतृत्वको लागि आकांक्षा देखाएका छन् । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् । संस्थापन पक्षबाट श्रेष्ठ उम्मेदवार बन्ने निश्चित भएको छ तर संस्थापन इतरको कोइराला समूहमा भने साझा उम्मेदवार छान्न कठिन भएको हो । नारायणी रिसोर्टको बैठकमा अध्यक्षका आकांक्षी जोशी, घिमिरे, खनाल र भुसालको बीचबाट साझा उम्मेदवार छान्ने प्रयास भइरहेको कांग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।

कोइराला समूहमा अन्य पदका आकांक्षीहरु सभापति पदको उम्मेदवार निश्चित भएपछि समिकरण बन्ने आशामा पर्खिरहेका छन् । संस्थापनका उम्मेदवारको श्रेष्ठको प्रतिस्पर्धी बन्न को मैदानमा आउँछ त्यसले नै कुन समूहको कता समिकरण बन्छ भन्ने स्पष्ट हुने नेताहरु बताउँछन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>