Breaking News

बागमती प्रदेश सर्वदलीय बैठकः फागुन १६ गते प्रदेशसभा बैठक बस्ने

Banner

मकवानपुर, फागुन ४–

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको नवौँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।

सोही बैठकको निर्णयअनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ ।

उहाँका अनुसार कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकका लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ । गठबन्धन सरकारले सिफारिस गरेअनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो ।

सर्वदीय बैठकमा सत्तारूढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले उल्लेख गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>