Breaking News

नारायणघाट-बुटवल सडकमा धेरै रुख काटियो,रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन

Banner

चितवन,माघ २८-

नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले संसदीय समितिले जनाएको छ। डीपीआर भन्दा बढी रुख काट्ने, गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रतिनिधि समितिको शुक्रबारको बैठकले नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ। समिति सभापति कल्याणी कुमारी खड्काले १५ दिनभित्र छानविन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिइन्।

‘नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डिपिआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुखहरु काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आकँडा पेश गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरुमाथि १५ दिनभित्र छानविन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’ उनले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>