मौसम

दिउँसोदेखि मौसममा सुधार, भोलिदेखि घमाइलो

Banner

चितवन,माघ २२- 

तीनदिनदेखि निरन्तर वर्षा एवं हिमपात आज दिउँसोदेखि हट्ने भएको छ । दिउँसोदेखि सुधार आउने र भोलिदेखि मौसममा पूरै सुधार आउने मौसमविद्हरुले बताएका छन् । वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव अब क्रमशः कम हुने बताइएको छ ।

मौसमविद्का अनुसार आज पनि देशको केही पहाडी क्षेत्रमा भने सामान्य वर्षा हुन सक्छ । भोलिदेखि वर्षा र हिमपात हराएसँगै दिन घमाइलो हुने र क्रमशः गर्मी सुरु हुनेछ ।

दुईदिन परेको हिमपातले हिमाली क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रमा पनि वर्षासँगै हिमपात हुँदा नागरिकको दैनिकी प्रभावित भएको थियो । वर्षा र हिमपातले किसान भने खुसी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>