चितवन विशेष

मध्यरातमा चितवनको एक क्लबमा दुई समूहविच हानाहान,चार घाइते

Banner

चितवन, साउन ३० –

चितवनको भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा मध्यरातमा दुई समूहविच झै–झगडा तथा कुटपिट हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार गयराति करिब १ः२० बजे क्लबमा दुई समूहबीच झै–झगडा तथा कुटपिट भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाएको जनाएको छ।

घटनामा कुटपिटमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका–४ निवासी ३२ वर्षीय हिमाल रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री टाउको र तिघ्रामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

त्यस्तै, भरतपुर महानगरपालिका–१७ का २६ वर्षीय रोहन तामाङको बायाँ कोखामा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो. सरपराजलाई समेत चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने फरार रहेका अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>