खेलकुद

भोलि हुने च्यासल र पुलिसको खेल माघ २६ मा हुने

Banner

-एजेन्सीको सहयोगमा

चितवन, माघ २१-

नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीच भोलि शनिबार हुने भनिएको खेल पुनः स्थगित भएको छ । मैदानको अवस्था देखाउँदै एन्फाले खेल माघ २६ गते बुधबारलाई स्थगित गरेको हो ।सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा कोरोना संक्रमणका कारण पहिलो पटक खेल स्थगित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । अब च्यासल र पुलिसबीचको खेल बुधबार दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो । पुलिस र च्यासल दुवै टोलीले यो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ । पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ । च्यासलले १ जित, २ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

गत वर्षको लिग च्याम्पियन मछिन्द्र अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो तथा थ्री स्टार १६ अंक जोडेर शीर्ष चारमा रहेको छ । संकटा, एनआरटी। सातदोबाटो, हिमालयन शेर्पा, एपिएफ र जावलाखेल क्रमश पाँचौदेखि १०औं स्थानमा रहेका छन् ।

बीबीसी १२औं तथा जितविहीन फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । एन्फाले बाँकी चार राउन्डको २८ खेलको तालिका भने सार्वजनिक गरेको छैन । १०औं राउन्डको खेलहरु माघको अन्तिमबाट सुरु हुने एन्फाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>