नवलपुर
नवलपरासीमा स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
०

नवलपरासी, माघ १८-
नवलपरासी (पश्चिम)मा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका २ , हरकपुरस्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नम्बरको स्कुटर र विपरीत दिशा तर्फबाट आउँदै गरेको युपी ५६ एएन ७२३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उक्त मोटरसाइकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजारका अन्दाजी १९ वर्षीय अरविन्द चमार रहेका छन् । उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























