समाचार

आज २०७८ साल माघ १७ गते सोमबार,यस्तो छ तपाइको राशिफल

Banner

आज २०७८ माघ १७ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ–

मेष

आजको दिन राम्रो देखिएन। चन्द्रमाबाट चौंथो स्थानमा चलिरहेकाले गर्दा सोचका काममा बाधा, व्यवधान र अड्चन खडा हुनेछन्। व्यापार व्यवसायमा अनावश्यक फसेको अवस्था रहने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जसका लागि सरस्वतीको स्मरण गर्नुपर्छ।

वृष

सोचेर मात्र काम गर्नुहोला। पढनपाठनमा साथीभाइले अवरोध गर्ने सम्भावना छ। वैदेशिक मामलामा भने निकै राम्रो छ। अवसर आएको अवस्थामा काम गर्नुहोला।

मिथुन

आजको दिन संघर्ष गरेर मात्र अघि बढ्ने दिन हो। बिहान सूर्यको दर्शन गरेर मात्र आफ्ना योजना तय गर्नुहोला। सवारीमा यात्रा गर्दा धेरै संयम रहनुहोला।

कर्कट

निकै राम्रो दिन छ। समयको सदुपयोग गरे तय गरेका काम बन्दै जाने सम्भावना छन्। तर, दिनमा निन्द्रा लाग्नु दुर्भाग्य बन्नेछ।

सिंह

आफ्ना सहपाठी वा साथीसँग झगडा गराउन खोज्ने सफल हुनेछन्। धेरैबेर सोचेर मात्र बोल्नुहोला। गलत समय भएकाले सफलता नमिल्न सक्छ ।

कन्या

सामान्य राम्रो छ। विद्याको क्षेत्रमा अवसर प्राप्त गर्ने योग छ। व्यापारमा नाफा हुन्छ। वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ भने वैदेशिक रोजगार राम्रो छ।

तुला

दिन राम्रो छ। मान सम्मानका लागि सबैले सकारात्मक बनेर देखाउने छन्। आफ्ना बन्धुबाट बच्नुहोला। ग्रहगणले फल राम्रो दिनेछन्।

बृश्चिक

आजको दिन महत्वपूर्ण छ। आफ्ना परिवार के गर्दैछन् भन्ने कुरा बुझेर मात्र अरुसँग वार्ता गर्नुहोला। नत्र होच्याउन सक्छन्। आर्थिक, सामाजिक क्षेत्रमा राम्रो दिन मान्न सकिन्छ।

धनु

सम्पत्ति कमाउने योग छ। दोस्रो स्थानमा चन्द्रदेव भ्रमण गर्दैगर्दा सम्पत्तिमा लगानी गर्न नडराउनुहोला। नउठेको लगानी उठ्न सक्छ।

मकर

आजको दिन राम्रो छ। वैदेशिक रोजगारमा हात हालेको भए नोक्सान हुनेछैन। आफन्तले सहयोग गर्नेछन्। शनिदेवको ध्यान गर्नुपर्ने देखिन्छ।

कुम्भ

आजको दिन उपलब्धिपूर्ण रहेको छ। सोचेको काम सबै पूर्ण नहुनसक्छन्। महत्वपूर्ण दिन रहेकाले भोलेबाबालाई सम्झिएर अगाडि बढेमा थालेका काम अगाडि बढ्नेछन्।

मिन

शुभफलदायक दिन मानिन्छ। श्रमको फल ग्रहण गर्न सहज हुनेछ। परोपकार गर्ने इच्छा बढ्ने छ। स्वरोजगारमा फाइदा बढ्ने छ। आर्थिक र सामाजिक क्षेत्रमा दिन राम्रो छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>