Breaking News

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा गठबन्धनका पौडेल र तिमल्सिना विजयी

Banner

हेटौंडा, माघ १२–

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

आज (बुधबार) भएको निर्वाचनमा गठन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना विजयी भएका हुन् ।

पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पनि हुन्। उनलाई यसअघि सरकारले राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपतिले रोकेकी थिइन्।

पौडेलले चार हजार सात सय ९४ मतभार र तिमल्सिनाले चार हजार आठ सय २४ मतभार ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।बागमतीमा सत्तारूढ गठबन्धनले दुबै सिटमा जितेको हो। यहाँ अन्य र महिलातर्फ समूहमा निर्वाचन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>