समाज

बुद्ध एयर अवतरण हुन नसकेपछि ४० मिनेट आकाशमै, जहाजभित्रै एक महिला बेहोस

Banner

काठमाडौं,माघ ६-

बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन । समयमै अवतरण हुन नसक्दा त्रासले ती यात्रु बेहोस भएकी हुन् ।

जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् । करिब आधा घण्टा भन्दा बेसी आकाशमै रहेर नेपालगञ्ज विमानस्थलमा सफल अवतरण गरेपनि महिलाको होस भने खुलेको छैन ।

बेहोस हुने महिलाको पहिचान खुलाईएको छैन। हाल उनको नेपालगञ्जस्थित राँझमा उपचार भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको बुद्ध एयरको को जहाज ९ बजेर १८ मिनेटमा सफल अवतरण भएको थियो । तर उक्त जहाल ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>