सुदूरपश्चिम

फोटो खिच्नेक्रममा काठे पुलबाट खसेर शिक्षकको मृत्यु

Banner

धनगढी,माघ ४-

कैलालीको गोदावरीस्थित काठे पुलबाट खसेर एक जना शिक्षकको ज्यान गएको छ। भीमदत्त राजमार्ग अन्तर्गत तराइ र पहाड जोड्ने गोदावरी नदीमाथि बनेको काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी ज्यान गएको हो।

भाट मंगलसेन सदरमुकामस्थित शोडषा माविका शिक्षक हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जीर्ण काठे पुलबाट खसेर बेलुकी करिब पौने ६ बजे भाटको मृत्यु भएको जानकारी दिए।

पुलमा फोटो खिच्नेक्रममा खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जोशीले बताए। जोशीले भाट फोटो खिच्नेक्रममा लडेको प्रत्यक्षदर्सिले देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए। काठे पुल जीर्ण बनेपछि नजिकै पक्कि पुल निर्माण गरी काठे पुलमा सवारी आवागमन बन्द गरिएको छ। पछिल्लोसमय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ।

टिकटक बनाउन पुलमा जाने मानिसको संख्या अत्यधिक बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा जान बन्द गर्ने विषयमा पनि कुरा उठेको जोशीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>