अन्तर्राष्ट्रिय

अफगानिस्तान पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु

Banner

एजेन्सी, पुस २७ –
अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

केही जानकारीका अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो । लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो ।

मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो । यहाँ पाकिस्तानको चेक पोइन्ट र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् ।

उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ । आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ । यिनीहरुको धेरै हमला सिया अल्पसंख्यक बिरुद्ध हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>