चितवन विशेष

‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

Banner

​चितवन, साउन ३०-
रक्तदान अभियानलाई थप व्यवस्थित, प्रभावी र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’ गठन गर्ने उदेश्यले नयाँ तदर्थ समिति चयन गरिएको छ।

संयोजक राजेन्द्र पौडेलको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि) को प्रमुख आतिथ्यतामा आज (शनिबार) सम्पन्न भेलाले राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा मनु गौँडेल र नवराज तिमिल्सिना, सचिवमा सन्देश अधिकारी, सह-सचिवमा भुवन पाठक तथा कोषाध्यक्षमा कमला पौडेल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा दीपक घिमिरे, नारायणप्रसाद आचार्य (डोलराज), सुरज अधिकारी, बिरबहादुर मोक्तान र सृजना लामिछाने रहनुभएको छ।

साथै, संस्थाको विधान तयार पार्नका लागि अधिवक्ता पूर्णचन्द्र चापागाईँको संयोजकत्वमा अर्जुन अधिकारी र विपिन पाठक सदस्य रहने गरी विधान मस्यौदा निर्माण समितिसमेत गठन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष लेखराज पन्तले रक्तदानजस्तो पवित्र सामाजिक कार्यमा संस्थागत पहलको प्रशंसा गर्दै पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो । तदर्थ समितिका अध्यक्ष पौडेलले चितवनमा रगतको सहज उपलब्धता र रक्तदाताको प्रोत्साहनका लागि संस्था निरन्तर सक्रिय रहने बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>