अन्तर्राष्ट्रिय

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ जना

Banner

काठमाडौँ, पुस २६-

पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भारतमा १४६ जना संक्रमितले ज्यान गुमाएका छन् भने एक लाख ७९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै त्यहाँ हालसम्म ४ हजार ३३ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>