खेलकुद

पोखरामा क्लब च्याम्पियनसिप महिला-पुरुष राष्ट्रिय भलिबलको तयारी

Banner

कास्की, पुस २४-

पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला-पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो ।

प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच-पाँच टोलीको सहभागिता रहने टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन् । पुरुषतर्फ विभागीय टोलीहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने जनाइएको छ । अध्यक्ष शर्माका अनुसार ‘राउन्ड रोविन लिग’का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

विजेतालाई दिइने पुरस्कार राशिमा अघिल्लो संस्करणमा भन्दा दोब्बरले वृद्धि गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित रु तीन÷तीन लाख, उपविजेता महिला तथा पुरुष टोलीलाई समान रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तृतीय हुने टोलीलाई समान रु ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला-पुरुष दुवै टोलीलाई समान रु २५-२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी, हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले गर्नुहुने भएको छ । सो टोलीमा श्रीलङ्काको महिला भलिबल टोलीका क्याप्टेनसहित तीनजना खेलाडीहरुको सहभागिता रहने प्रचार संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>