देश/प्रदेश

खलङ्गामा भारी हिमपात : सडक सञ्चालान नहुँदा खाद्यन्न दुवानीमा समस्या

Banner

खलङ्गा, पुस २४-

जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म गमगडी सडक अझै खुल्न सकेको छैन । सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न कठिन भएको यहाँका व्यापारीहरु बताउँछन् । सडकमै बाक्लो हिउँ जमेपछि सवारीसाधन चल्न सकेका छैनन् । हिमपातले गर्दा खाद्यान्न ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भाम बताउनुहुन्छ ।

उहाँ भन्नहुन्छ, “गोदाममा खाद्यान्न सकिँदै जान थालेको छ । हिमपातले सडक खुल्न सकेको छैन । समयमै सडक खुलाउने प्रयास हुन नसके खाद्यान्न अभाव हुन सक्ने देखिन्छ । हाल गमगढीस्थित मुख्य कम्पनीको गोदाममा पाँच सय क्विन्टल चामल मौज्दात छ ।”भारी हिमपातले गर्दा जिल्लामा खाद्यान्न अभावको सङ्केत देखा पर्न थालेको व्यापारीहरूको भनाइ छ । सुर्खेत, नेपालगञ्ज, बर्दिया, राजपुरदेखि सतहमार्गबाट मुगुमा खाद्यान्न ढुवानी हुँदै अए पनि दुई पटकको हिमपातले गर्दा ढुवानी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताउनुहुन्छ ।

हिमपातले खाद्यान्न मात्र नभएर व्यापारीका अन्य मालसामान ढुवानीमा समेत कठिनाइ भएको छ । सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतदेखि व्यापारीलाई खाद्यान्नलगायत सामग्री जिल्लासम्म पु¥याउन गाह्रो भएको छ । बजारमा खाद्यन्न अभाव हुन थालेको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरी हिमपातले अवरुद्ध भएको गमगढी नाग्मा सडकखण्ड डोजर लगाएर सञ्चालन गर्न लागिएको प्रजिअ महत जानकारी दिनुहुन्छ । अहिले जिल्लामा कुनै खाद्य वस्तु र सामग्रीको अभाव नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिमपातका कारण जुम्लाको गुठिजिउला र कालीकोट जिल्लाको नाग्म बजारमा सवारीसाधन रोकिएका छन् । हिउँ पग्लेर जुम्लातिरको सडक हिलाम्य छ । मुगु जिल्लातिरको खण्ड हिउँले ढाकिएको छ । हिउँदमा हिउँ र वर्षायाममा हिलोले सडकमा समस्या हुने भएकाले सडक पिच गरेर यात्रा सहज बनाउन स्थानीयवासीले आग्रह गरेका छन् । यो याममा हिमपातका कारण नाग्म गमगडी सडक हुँदै राराताल भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>