अन्तर्राष्ट्रिय
भारतमा थपिए १ लाख ४१ हजार भन्दा बढी कोरोना संक्रमित, दिल्लीमा कर्फ्यु जारी
०

नयाँ दिल्ली, पुस २४-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना १ लाख ४१ हजार ९८३ जना कोरोना संक्रमित थपिएका छन् भने २८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा एक्टिभ केसमा एकलाख वृद्धि आएको हो ।
सबैभन्दा बढी महाराष्ट्र राज्यमा ४० हजार ९२५ केस देखिएका छन् । बंगालमा १८ हजार २१३ र दिल्लीमा १७ हजार ३३५ संक्रमित रहे सँगै भारतमा सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ ।
संक्रमणको उच्च जोखिम रहेको राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























