देश/प्रदेश
हेटौँडामा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप
०

हेटौँडा, पुस २२
जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ । मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























