अन्तर्राष्ट्रिय

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

Banner

त्रिपोली, पुस २१-

लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो । उहाँहरुले आर्थिक अनियमितता गरेको र उहाँमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ । उहाँले कानुनको उलंघन र गलत प्रयोग गरेकाले उहाँमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको कार्यालयले माग गरेको छ । उहाँले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायधिवक्ताको कार्यालयले दाबी गरेको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>