देश/प्रदेश
अतिरिक्त शुल्क विवादले नोवेल कलेजमा तनावग्रस्त, विद्यार्थीले गरे तालाबन्दी
०

विराटनगर, पुस २१-
एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।
एमबीबीएस प्रथम वर्षका विद्यार्थीले नोवेलमा मेडिकल कलेजमा तोडफोड गर्दै चौथो तलाको प्रशासनमा तालाबन्दी गरेको हो ।
१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग विभिन्न शीर्षकमा नोवेलले ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ ।
त्यस्तै कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























